प्रधानमन्त्रीद्वारा ‘कलंकी-कोटेश्वर’ सडक खण्डमा वृक्षरोपण, रोपे नासपातीको बिरुवा

शनिबार, असार १४, २०७६



काठमाडौँ । आज राष्ट्रिय वृक्षरोपण दिवस । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कलंकी-कोटेश्वर’ सडक खण्डमा आज(शनिबार)  वृक्षरोपण कार्य  शुभारम्भ गरेका छन् । राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा प्रधानमन्त्री ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रापेर वृक्षरोपणको शुभारम्भ गरेका हुन् ।

वृक्षरोपण कार्यमा सहभागिता जनाउँदै प्रधानमन्त्री ओलीले यसबाट काठमाडौँ उपत्यकलाई हराभरा पार्न मद्दत पुग्ने बताए ।

प्रधानमन्त्रीद्वारा वृक्षरोपण शुभारम्भ, रोपे नासपातीको बिरुवा

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको सो कार्यक्रममा विभागीय मन्त्री शक्तिबहादुर वस्नेत, गहृ मन्त्री रामबहादुर थापा, अर्थ मन्त्री डा. युवराज खतिवडा, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याललगायतले वृक्षरोपण गरे ।

चालु आर्थिक वर्ष २०७५/७६ मा कोटेश्वरदेखि कलङ्कीसम्मको सडक खण्डमा ठाउँ ठाउँमा १० प्रकारका दुई हजार सात सय बिरुवा रोपण गरिने आयोजक वन तथा वातावरण मन्त्रालयले जनाएको छ । देशभर चालु आवमा असारे फूल, तेजपात, राजवृक्ष, पैँयु, कपुरलगायतका पाँच करोड बिरुवा रोपिने बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata