गैरकानुनी रुपमा वैदेशिक रोजगारमा पठाउने पक्राउ

बुधबार, जेष्ठ २, २०७५



काठमाडौं । गैरकानुनी रुपमा वैदेशिक रोजगारीमा पठाएको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्नेहरू नवलपरासी गैंडाकोट नगरपालिका-१३ की ४३ बर्षीया मनमाया आचार्य र तनहुँ सुन्धारा-२ का ३९ बर्षीय छविलाल घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरुको कोठाबाट विभिन्न ब्यक्तिको नामका नागरिकता ३४ थान, नेपाली राहदानी ३० थान, नेपाली नागरिकता तथा राहदानीका प्रतिलिपीहरु र वैदेशिक रोजगारीको लागि गरिएको स्वास्थ्य परीक्षण प्रतिवेदन १४ थान बरामद गरी उनीहरूलाई मंगलबार नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

58 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank