नापी कार्यालयका अधिकृत घुससहित पक्राउ

बिहिबार, चैत्र २९, २०७४



काठमाडौँ । नापी कार्यालयका एक अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । नापी कार्यालय, उदयपुरका कार्यालय प्रमुख समेका नापी अधिकृत श्यामबाबुप्रसाद साह घुससहित पक्राउ परेका हुन् ।

उनले उदयपुर जिल्ला गाईघाटस्थित जग्गाको नक्शा सुधार संसोधन गर्ने प्रयोजनको लागि घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिइ गएको टोलीले ५० हजार घुस वापतको रकम लिएको अवस्थामा पक्राउ परेको हो ।

घुस रकम सहित नापी कार्यालय उदयपुरको सरकारी निवासवाट नियन्त्रणमा लिइ अनुसन्धान कार्य भइरहेको अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए ।

97 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank