आकर्षक तलबको प्रलोभनमा मानव बेचबिखन

बिहिबार, पुस २७, २०७४



काठमाडौं, आकर्षक तलबको प्रलोभनमा मानव बेचबिखन हुने गरेको खुलेको छ । युरोपमा आकर्षक तलबको प्रलोभन देखाई मानव बेचबिखन गर्ने कार्यमा संलग्न ३ जनालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरीले गरेपछि रहस्य खुलेको हो ।

पक्राउ पर्नेहरुमा कास्कीको पोखरा पृथ्वीचोक बस्ने स्याङजाका २९ वर्षीय प्रवीन गिरी, कास्कीको पोखरा पृथ्वीचोक बस्ने स्याङजाको चापाकोट नगरपालिका–४ का २८ वर्षीय प्रदीप गिरी र झापाको गौरादह नगरपालिका–४ बस्ने ४६ वर्षीय ज्ञानेन्द्र अधिकारी रहेका छन् । प्रवीन र प्रदीपलाई सोमबार तथा अधिकारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

युरोपियन मुलुकमा आकर्षक तलबको प्रलोभनमा पारी बैदेशिक रोजगारीमा लगाइदिन्छु भनि राहदानीमा नक्कली भिसा लगाई प्रतिब्यक्ति ८ लाख ५० हजार रुपैयाँ लिई टर्की पु¥याएर २ महिनासम्म श्रम शोषण गरी अलपत्र पार्ने कार्यमा उनीहरु संलग्न रहेको खुल्न आएको ब्यूरोले जनाएको छ ।

175 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank