पाकिस्तानको सपना अधुरै, बंगलादेश फाइनलमा

बिहिबार, अशोज ११, २०७५



अवुधाबी । एशिया कप २०१८ को फाइनल खेल भारत र बंगलादेशबीच शुक्रबार निश्चित भएको छ । बुधबार साँझ अबुधावी स्थीत शेख जाएद खेल मैदानमा पाकिस्तान बंगलादेशबीच भएको सुपर चार अन्तरगतको अन्तिम खेल बंगलादेशले जीत्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ ।

टस जीतेर व्याटिङ रोजेको बंगलादेशले कप्तान मुशफिकुर रहिम ९९ र मोहम्मद मिथुन ६० रनको मद्धतले ४८.५ ओभरमा २३९ रन बनाउँदै अलआउट हुन पुग्यो । पाकिस्तानी बलर जुनैद खानले ९ ओभर बलिङ गर्दै केवल १९ रन खर्चेर बंगलादेशको महत्वपूर्ण ४ विकेट चट्काए । साहेन साह अफ्रिदी र हसन अलीले बंगलादेशी चार विकेट बरावरी बाँडेर लिन सफल हुँदा बंगलादेश सस्तैमा समेटियो ।

केवल २४० रनको झिनो लक्ष पछ्याउन मैदानमा ओर्लेको पाकिस्तान पहिलो ओभरमा फखर जमानलाई गुमाउन पुग्यो । आसिफ अलि ३१, सोहेब मलिक ३० र इमाम उल हक ८३ बाहेक बाँकी खेलाडी जम्न नसक्दा पाकिस्तान ५० ओभरमा केवल २०२ रनमा समेटिदै ३७ रनको नमिठो पराजय भोग्दै घर फर्कियो ।

152 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank