पाकिस्तानी मुद्राको ऐतिहासिक गिरावट, अर्थव्यवस्था संकटमा

बिहिबार, असार १२, २०७६



एजेन्सी । पाकिस्तानको अर्थव्यवस्था  दिनानुदिन संकटमा फस्दै जान थालेको देखिएको छ । अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपैयाँ बुधबार १ सय ६४ रुपयाँसम्म पुगेको छ । इन्टर बैंकिंगमा १६४ पुगेको पाकिस्तानी रुपैयाँ खुला बजारमा पनि १६० भन्दा माथि पुगेको थियो । पाकिस्तानी रुपैयाँ एकै दिन ७.२ रुपैयाले कमजोर भएको हो ।

पाकिस्तानको अर्थव्यवस्था केही समयदेखि निरन्तर ओरालो लागेको छ । रुपैयाँ बुधबार ऐतिहासिक रुपमा कमजोर भएको हो । पाकिस्तानी बजारमा सुनको मूल्य ८० हजार ५०० प्रतिग्राम पुगेको छ ।

पाकिस्तानमा यसै हप्ता सुनको मूल्यमा भारी वृद्धि भयो । बुधबार पाकिस्तानमा १२ ग्राम सुनको मूल्य ८० हजार ५ सय रुपैयाँ पुग्यो । पाकिस्तानको विदेशी मुद्रा भण्डार पनि ७.६ अर्ब डलरमा झर्यो ।

गत हप्ता स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)का गभर्नर डा. रजा बकिरले भनेका थिए, “यस्तो गिरावट केही दिनका लागि मात्रै हो । तीन जूनदेखि रुपैयाँमा गिरावट आइरहेको छ ।”  हालसम्म पाकिस्तानी रुपैयाँ ९ प्रतिशतले कमजोर भएको छ ।

३ जुनदेखि निरन्तर घटिरहेको पाकिस्तानी रुपैयाँ हालसम्म ९ प्रतिशत अर्थात १३.५८ रुपैयाले कमजोर भइसकेको छ । पाकिस्तानको यो आर्थिक वर्ष ३० जुनमा सकिदै छ ।

गभर्नर बकीरले सबै अन्तर्राष्ट्रिय भुत्तानी ३० जुनभित्र गर्नुपर्ने र त्यसका लागि डलर नै चाहिने भएकाले यो गिरावट देखिएको बताएका थिए ।

पाकिस्तान प्रोफिटका पाक कुवेत इन्भेष्टमेन्टका एवीपी रिसर्चका अदनान शेख भन्छन्, ‘सन् २०१९ को अन्तसम्म पाकिस्तानी रुपैयाँमा १७५ देखि १८० सम्म गिरावट आउन सक्छ । यसलाई रोक्न सकिँदैन । भुक्तानीका लागि डलरको माग बढीरहेको छ । हामीसँग पर्याप्त डलर छैन । यस्तो अवस्थामा डलर खरिद गर्नुपर्छ । डलर खरिद गरेपछि रुपैयाँमा गिरावट आउँछ नै ।’

आर्थिक संकटलाई देख्नासाथ १० जूनमा राष्ट्रको नाममा सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सबै पाकिस्तानीहरुसँग भनेका थिए, ३० जूनसम्म आफ्नो सम्पत्ती सार्वजनिक गर्नुस् ताकि वैध र अवैध सम्पत्तीको अन्तर पत्ता लागोस् । उनले भनेका थिए- ३० जुनभित्र आफ्नो बेनामी सम्पत्ती, बेनामी बैंक अकाउन्ट, विदेशमा राखिएको पैसा सार्वजनिक गरिदिनुस् किनभने ३० जुनपछि यो मौका मिल्ने छैन ।

इमरान खान प्रधानमन्त्री बनेको पछिल्लो १० महिनामा पाकिस्तानी रुपैयामा २९ प्रतिशत गिरावट आएको छ । गत वर्षको १८ अगस्टमा पाकिस्तानी रुपैयाँ १२३.३५ प्रतिडलर थियो । जुन २६ मे २०१९ मा १६०भन्दा माथि पुगेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata