समाचार संवाददाताको छाती र पेटमा गोली हानियो

बुधबार, असार २५, २०७६



एजेन्सी । पाकिस्तानको कराँची स्थित लोकल क्याफे खयाबान ए बुखारीको नजिकै एक समाचार संवाददाताको हत्या गरिएको छ  ।  ‘बोल न्यूज’ मा कार्यरत पत्रकार मुरिद अब्बासको  मंगलबार साँझ गोली हानी हत्या भएको हो ।

एउटा सेतो कारमा आएका आतिफ जमान भनिने आक्रमणकारीले उक्त क्याफेको बाहिर जब्बासमाथि गोली प्रहार गरेको हुन्  । भनाभनको आधारमा भएको जनाइए पनि वास्तविक कारण खुलेको छैन ।

जिन्ना पोस्ट ग्रयाजुएट मेडिकल सेन्टरका कार्यकारी निर्देशक सीमिन जमालीका अनुसार अब्बासलाई अस्पताल ल्याउनु अघि नै उनको मृत्यु भइसकेको थियो । उनको छाती र पेटमा कैयौं गोली लागेको थियो ।

हत्यापश्चात प्रहरी आरोपीलाई गिरफ्तार गर्न पुग्दा आरोपी स्वयं आफैलाई गोली हानी आत्महत्या गर्न प्रयासरत रहको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन्  । निजको  स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

सोही घटनामा पत्रकार अब्बासका साथी खैजर हयातको पनि मृत्यु भएको जनाइएको छ । पैसाको लेनदेनको विषयमा यो घटना भएको जनाइएपनि वास्तविकता भने खुलेको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata