आलिया माथि लाग्यो पाकिस्तानी गीत चोरीको आरोप

बिहिबार, भदौ १२, २०७६



एजेन्सी । पछिल्लो दिनहरूमा बलिउड अभिनेत्री आलिया भट्टले चोरीको आरोप खेपेकी छिन् । पाकिस्तानी अभिनेत्री महविश हयातले बलिउडको आलोचना गर्दै अभिनेत्री भट्टमाथि चोरीको आरोप लगाएकी हुन् । उनले आलियाले भर्खरै रिलीज गरेको ‘पराडा’ बोलको गीत पाकिस्तानी गीत ‘गोरे रंग’ सँग मिल्दोजुल्दो भएको बताएकी हुन् ।

ट्विटरका थुप्रै प्रयोगकर्ताहरुले उक्त गीतको बारेमा थुप्रै विवाद निम्ताएका छन् । हयातले बलिउडमाथि चोरीको आरोप लगाउँदै भनिन्, ‘यो धेरै नै अच्चम लाग्दो कुरा हो । बलिउडले सधैँ पाकिस्तानको बेइज्जत गर्छ । फेरि हाम्रो गीत पनि चोर्न छोड्दैन । कपिराइट उल्लंघन र रोयल्टी पेमेन्टसँग पनि उनीहरुलाई कुनै मतलब छैन ।’

हयातले ट्विटरमा लेख्दै भनेकी छिन्, ‘अब त अति नै भइसक्यो । के हामी अब जाग्न सक्छौँ रु बलिउडको एजेन्डा के हो ? कोही यिनीहरुलाई किन रोक्न सक्दैन ?’

उनले प्रधानमन्त्री मोदीले पनि बलिउडका कलाकारलाई पाकिस्तानको विरुद्ध हतियारको रुपमा प्रयोग गरिरहेको आरोप लगाएकी छिन् ।

पाकिस्तानी गीत ‘गोरे रंग’ :

आलियाले भर्खरै रिलीज गरेको ‘पराडा’ बोलको गीत :

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata