अमेरिकाद्वारा तीन वरिष्ट पाकिस्तानी अधिकारीलाई भीषा दिन इन्कार

७० पाकिस्तानीलाई डिपोर्ट गर्दै

बुधबार, जेष्ठ १, २०७६



एजेन्सी । पाकिस्तानी विदेशमन्त्री शाह मेहमुद कुरेसीले एक गम्भीर सवालको खुलासा गरेका छन् ।

पाकिस्तानी मिडियामा आएको खबर अनुसार अमेरिकामा अबैध ढंगले बस्दै गरेका  ७० पाकिस्तानीलाई अमेरिकाले जबरजस्ती पाकिस्तान पठाउन लागेको सम्बन्धमा कुरा गर्न अमेरिका जान लागेका तीन वरिष्ट पाकिस्तानी कर्मचारीलाई अमेरिकाले भीषा दिन इन्कार गरेको हो ।

मन्त्री कुरेसीले नेशनल एसेम्बलीको स्थायी समितिको बैठकमा उक्त कुरा खुलासा गरेको पाकिस्तानी समाचारपत्र डनले जनाएको छ । कुरेसीले भने, अमेरिकी अधिकारीहरु ७० भन्दा अधिक पाकिस्तानीलाई जबरजस्ती पाकिस्तान पठाउन चाहान्छन् ।

उनीहरुको कानूनी प्रक्रिया पश्चात मात्र हामीहरु उनीहरुलाई स्वीकार गर्न चाहान्छौं । जसको निम्ती सरकारले तीन वरिष्ट अधिकारीलाई अमेरिका पठाउन चाहान्छ । तर अमेरिकी सरकारले उनीहरुलाई भीषा दिन इन्कार गरेको छ ।

अन्तमा उनले पुष्टि गर्दै भने, पाकिस्तानीलाई विशेष विमान चार्टर गर्दै पाकिस्तान ल्याइने छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank