पाकिस्तानी रेल आगलागीमा मृत्यु हुनेको संख्या ७४ पुग्यो !

शुक्रबार, कार्तिक १५, २०७६



एजेन्सी । पाकिस्तानको कराँचीबाट रावलपिन्डीतर्फ जाँदै गरेको रेलमा आगो लाग्दा मृत्यु हुनेको संख्या कम्तिमा ७४ पुगेको छ । बिहीबार भएको दुर्घटनामा आगोको ज्वाला कम्तिमा तीन वटा क्यारिएज सम्म फैलिएको थियो । धेरैजसो यात्रुको हामफालेर भाग्न खोज्दा मृत्यु भएको जनाइएको छ ।

Pakistan train fire: Karachi to Rawalpindi service blaze kills . को छविको परिणाम"

ग्यास सिलिण्डर विस्फोटका कारण सो आगलागी भएको जनाइएको छ । रेलवे मन्त्री शेख रसिद अहमदका अनुसार यात्रुले ब्रेकफास्ट पकाउँदै गर्दा सो सिलिण्डर पड्केको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो रेल आगलागी घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्विट गर्दै पाकिस्तान सरकार र जनताप्रति नेपाल सरकार र जनताको तर्फबाट समवेदना समेत व्यक्त गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata