पाकिस्तानको सुखद शुरुवात

आइतवार, माघ ६, २०७५



दक्षिण अफ्रिका । ३ टेस्ट, ५ वान डे र ३ टी २० खेल्न दक्षिण अफ्रिका टुरमा रहेको पाकिस्तानी क्रिकेट टिमले वान डे म्याच जित्दै सुखद शुरुवात गरेको छ ।

जनवरी १९मा खेलिएको वान डे म्याचमा दक्षिण अफ्रिकाले पहिला व्याटिङ गर्दै ५० ओभरमा २ विकेटको क्षतीमा २६६ रन बनायो । हसिम आमला १०८ नट आउट, भानडेर डुसेनको ९३ रनको मद्धतले बनाएको लक्ष्य पाकिस्तानले ५ विकेटको क्षतीमा प्राप्त गर्यो ।

पाकिस्तानी ब्याट्स म्यानहरु इमाम उल हक ८६, बाबर आजम ४९ र मोहम्मद हाफिज ७१ नट आउटको सानदार ब्याटिङ पछि ४९.१ ओभरमा सहज जित प्राप्त गर्दै १-० को अग्रता लिन सफल भयो ।

डिसेम्बर १९ देखि जारी भ्रमण फ्रेवअरी ६ मा समाप्त हुने समय तालिका लिएर दक्षिण अफ्रिका पुगेको पाकिस्तानी क्रिकेट टीमले आगामी खेल २२, २५, २७, ३० जनवरीमा खेल्ने छ ।

फ्रेवअरी १,३ र ६ मा ३ टि २० खेलिने छ । यस अघि खेलिएको ३ टेस्ट म्याच दक्षिण अफ्रिकाले जितेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata