गजनवी मिसाइल सफलतापूर्वक परिक्षण – पाकिस्तानी सेना

शुक्रबार, भदौ १३, २०७६



एजेन्सी । जमिनदेखि जमिनमा मार हान्ने ब्यालेस्टिक मिसाइल गजनवी गएराती सफलतापूर्वक परिक्षण सम्पन्न भएको पाकिस्तानी सेनाले जनाएको छ । पाकिस्तानी सेनाका मिडिया प्रवक्ता मेअज्र जनरल आसिफ गफूरले ट्वीटमार्फत भनेका छन्, “२९० किलोमिटर टाढासम्म मार हान्न सक्ने ‘गजनवी’ मिसाइल सफलतापूर्वक परिक्षण गरिएको छ ।”

परिक्षण पश्चात पाकिस्तानका राष्ट्रपति आरिफ अल्वी र प्रधानमन्त्री इमरान खानले परिक्षणमा सलंग्न सम्पूर्ण टिमलाई हार्दिक बधाई दिएका छन् ।

ट्वीटमार्फत जनरल गफूरले भिडियो सार्वजनिक गर्दै भनेका छन् , “गजनवी मिसाइल ब्लास्टिक मिसाइलको एडभान्स रुप हो जसले हाइ एक्सप्लोसिभ र न्युक्लियरको काममा मद्दत गर्नेछ ।”

समरण रहोस्, यसअघि पाकिस्तानले सफलतापूर्वक शाहिन दोस्रोको लन्च गरेको थियो ।

हेर्नुहोस् भिडियो;

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata