भारतीय पाइलट अभिनन्दनलाई पाकिस्तानले रिहा गर्दै

शुक्रबार, फाल्गुन १७, २०७५



एजेन्सी । गत फेब्रुअरी १४ तारिखमा भारतीय राज्य जम्मु – कश्मीरको पुलवामा घटनामा ४० भारतीय सैनिक मारिएपछि बढेको भारत -पाकिस्तान तनाव कम गर्ने प्रयास भइरहेको छ ।

पुलवामा घटनाको बदला लिदैं भारतीय सेनाले पाकिस्तानको बालाकोटमा रहेको जैश- ए- मोहम्मदको ट्रेनिङ क्याम्पमा एक टन विस्फोटक पदार्थ खसालेपछि कश्मीर क्षेत्रमा थप हवाई तनाव चर्कियो । सोहि समयमा पाइलट अभिनन्दनले मिग- २१ मार्फत पाकिस्तानी क्षेत्रमा आक्रमणको प्रयास गर्दा उनको विमान पाकिस्तानी सेनाले गोली हानी खसाल्यो ।

विमानबाट प्यारासुटको सहयोगमा जीवन बचाएका भारतीय पाइलट अभिनन्दन पाकिस्तानी सेनाको नियन्त्रणमा पुगे । कमाण्डर अभिनन्दन वर्धमान पाकिस्तानी सेनाको कव्जामा परेसँगै भारतीय सरकारले बढाएको कुटनीतिक सफलतापछि पाकिस्तानी सरकार शुक्रबार भारतलाई सुम्पन तयार भयो ।

गत विहिबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसदमा सम्बोधन गर्दै शान्तिको निम्ती पाइलट अभिनन्दन भारतलाई सुम्पने घोषणासँगै घटनाले नयाँ रुप लिएको छ ।

कमाण्डर पाइलट अभिनन्दनलाई लिन उनका आमा बुबा अमृतसर पुगेका छन् । जहाँबाट उनीहरु भारत -पाकिस्तानको वाघा बोर्डर पुग्नेछन् । पाकिस्तानी सेनाले पाइलट अभिनन्दनलाई रावलपिण्डीबाट  विमान मार्फत लाहोर लैजाने छ । तत्पश्चात वाघा बोर्डरबाट भारतलाई सुम्पने जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments