सेमिफाइनलमा स्थान जमाउन तीन देश ‘गर्नुस् वा मर्नुस’को अवस्थामा

बुधबार, असार १८, २०७६



काठमाडौं ।  बेलायतमा जारी विश्वकप क्रिकेटको सेमीफाइनलको दुई स्थानमा आफ्नो स्थान सुरक्षित गर्न तीन देश ‘गर्नुस् या मर्नुस’को अवस्थामा पुगेका छन् । गएराती सम्पन्न बंगलादेश र भारतबीच भएको खेलको नतिजा भारतले आफ्नो पोल्टामा हालेसँगै सेमिफाइनलमा बाँकी दुई स्थानमा पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्डले खेल्न बाकि एक- एक खेलहरु अत्यन्त रोचक  अवस्थामा पुगेका छन्  ।

खेलको अन्तिम चरण अगावै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित राख्न सफल अष्ट्रेलिया र भारत पछी  बाँकी रहेको दुई स्थानमा कसले बाझी मार्ला ? भन्ने क्रिकेटप्रेमीहरुको कौतुहलताको विषय बन्दै छ ।  ८/८ खेल खेलिसकेका न्युजिल्यान्ड, इंग्ल्यान्ड र पाकिस्तानको क्रमश: ११, १० र ९ अंक रहेको छ ।

सेमिफाइनलमा स्थान जमाउनको लागि  हुने निर्णायक खेलहरु न्युजिल्यान्ड र इंग्ल्यान्डको बीच हुनेछ भने पाकिस्तानको प्रतिस्पर्धा बंगलादेशसँग हुनेछ । इंग्ल्यान्डले जितेको खण्डमा १२ अंक सहित सेमिफाइनलमा स्थान सुरक्षित गर्ने छ भने  न्युजिल्यान्डले जितेमा १३ अंकको साथ सेमिफाइनलमा तेस्रो स्थान कब्जा गर्नेछ ।

पाकिस्तानको हकमा बंगलादेशलाई हराएर मात्र सेमिफाइनल पुग्न कठिन हुने छ ।  उसको सेमिफाइनल यात्रा सुरक्षित हुन इंग्ल्यान्डले न्युजिल्यान्डलाई ठुलो अन्तरले हराउनुपर्नेछ वा इंग्ल्यान्ड पराजित भएको अवस्थामा पाकिस्तान सेमिफाइनलको चौथो स्थानमा पुग्नेछ ।

यदि पाकिस्तान पराजित भएको खण्डमा इंग्ल्यान्ड र न्युजिल्यान्डको बीच जित-हार जे भएपनि उनीहरु नै तेस्रो र चौथो बन्दै सेमिफाइनल पुग्ने छन् ।

ICC Cricket World Cup 2019 - Points Table

ICC Cricket World Cup 2019 – Points Table

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata