सैन्य विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु

मङ्लबार, साउन १४, २०७६



एजेन्सी ।  पाकिस्तानको राउलपिन्डी शहरमा एक सैन्य विमान दुर्घटना हुँदा कम्तिमा पनि १७ जनाको मृत्यु भएको छ ।राजधानी इस्लामावाद  नजिकैको प्रन्जाव प्रान्त अवस्थित सैन्य आवासीय क्षेत्रमा दुर्घटना भएको विमानमा सवार पाँच जना चालक दलका सदस्य र १२ जना सर्वसाधारणको ज्यान गएको जनाएको छ ।

दुर्घटनालगत्तै विमानमा आगो लाग्दा केही घरहरुमा समेत क्षति भएको बीबीसीमा उल्लेख  छ । उक्त विमान परीक्षणका समयमा दुर्घटना भएको थियो । के कारण विमान दुर्घटना भएको भन्‍ने यकिन गर्न नसकिएको जनाएको छ ।

एएफपीका अनुसार विमान दुर्घटनालगत्तै स्थानीयको भीड जम्मा भएको र रुन तथा शोक मनाउन थालिएको छ ।  तस्बिरहरुमा देखिए अनुसार एक घर पूर्णमा क्षति भएको छ । दुर्घटनास्थलबाट अहिले पनि धुवाँ आइरहेको र दुर्घटनाग्रस्त प्लेनका टुक्राहरु घरको क्षतिमा छरपस्ट भएको एएफपीले जनाएको छ ।

यसअघि सन् २०१० मा इस्लामावाद नजिकै निजी विमान दुर्घटना हुँदा १५२ जनाले ज्यान गुमाएका थिए । जुन पाकिस्तानको इतिहासमै सबभन्दा बढी मानवीय क्षति भएको दुर्घटना थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata