भारतीय सरकारको दावा झुटो, पाकिस्तानका सबै एफ- १६ विमान सुरक्षित

शुक्रबार, चैत्र २२, २०७५



एजेन्सी । पुलवामा घटनापछि भारत र पाकिस्तानबीच बढेको तनावको दौरान भारतीय सेनाले पाकिस्तानको वालाकोटमा सर्जिकल स्ट्राइक गर्दै एक टन बम खसाल्याे । उक्त घटनापछि भारतीय विमानलाई पाकिस्तानी सेनाले खसाल्दै पाइलट अभिनन्दन वर्धमानलाई कैदी बनायो ।

सोही समय भारतीय सरकारले पाकिस्तानी फाइटर विमान एफ- १६ खसालेको दावी गर्न पुग्यो । भारतीय सरकारले मिडियालाई २८ फेब्रुअरीमा उपलब्ध गराएको सबुत प्रमाणलाई पाकिस्तानी सरकारले झुटो भन्दै आफ्ना सम्पूर्ण एफ- १६ विमान सुरक्षित रहेको बयान जारी गर्यो ।

पाकिस्तानी सरकारले अमेरिकामा निर्मित विमान एफ- १६ गलत ढंगले प्रयोग गरेको भारतीय दाबीपछि पाकिस्तानले भारतीय दाबीलाई झुटो भन्दै अमेरिकी अधिकारीलाई विमान गिन्तीको निम्ती अनुरोध गर्यो । पाकिस्तानी अधिकारीको अनुरोधपछि अमेरिकी रक्षा अधिकारीले पाकिस्तानमा रहेका एफ-१६ लडाकु विमान भारत विरुद्ध प्रयोग नभएको साथै भारतले विमान खसालेको दाबी झुटो भएको अमेरिकी न्यूज पब्लिकेशन फरेन पोलिसीको रिपोर्टमा उल्लेख गरिएको छ ।

बिहिबार प्रकाशित रिपोर्टमा भनिएको छ । परिस्थीतीलाई सिधैं जानकारी राख्ने दुई वरिष्ट रक्षा अधिकारीले पाकिस्तानमा मौजुद एफ-१६ विमान गिन्ती गरे साथै कुनै विमान गायब नरहेको जनाए ।  भारतीय सरकारका रक्षामन्त्रीको निर्मला सीतामरणले इन्डिया टुडेको साक्षात्कारमा भनेकी थिइन् । हामी निश्चित रुपमा भन्न सक्छौं । हामीले एक पाकिस्तानी एफ- १६ खसालेका छौं । भारतीय प्रधानमन्त्री मोदी, भारतीय जनता पार्टी लगायत भारतीय सरकारको दाबीलाई झुटो सावित गर्ने अमेरिकी रिपोर्टलाई भारत सरकारले शंकाले हेर्दैछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank