पाकिस्तानमा भ्रष्टाचारी गिरफ्तार कार्य तीव्र, पूर्वप्रधानमन्त्री अब्बासी बिहिबार समातिए

शुक्रबार, साउन ३, २०७६



एजेन्सी । पाकिस्तानमा उच्चपदमा रहेका व्यक्तिहरु गिरफ्तार हुने क्रम रोकिएको छैन । एक वर्ष अगाडी प्रधानमन्त्रीका रूपमा इमरान खान निर्वाचित भएपछि उनले भ्रष्टाचार विरुद्धको कारबाहीलाई उच्च प्राथमिकता दिएका छन् ।

बिहिबार पूर्वप्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई गिरफ्तार गरिएपछी पाकिस्तानमा हुँदै आइरहेको भ्रष्टाचारहरु एकएक गर्दै सार्वजनिक भएका छन् । एक हप्ता अगाडी पूर्वराष्ट्रपति असिफ अली जर्दारीलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएको थियो  ।

वर्तमान् प्रधानमन्त्री इमरान खानका पूर्ववर्ती अब्बासीलाई भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्ने अदालतमा राखिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । अब्बासीले सन् १९१७ को अगस्टदेखि २०१८ मेसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । अब्बासी प्रतिपक्षी दलका नेताहरूमध्ये प्रभावशाली नेता मानिन्छन् ।

अब्बासीका पूर्ववर्ती प्रधानमन्त्री नवाज सरिफलाई भने यसअघि गत वर्ष नै सात वर्षे जेल सजायको फैसला सुनाइएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata