पाकिस्तानमा इन्धनको मूल्यमा भारी वृद्धि

आइतवार, असार १४, २०७७



एजेन्सी । दक्षिण एसियाली देश पाकिस्तानमा इन्धनको मूल्यमा भारी वृद्धि भएको छ । त्यहाँ पेट्रोलको मूल्यमा प्रतिलिटर करीब २५.५८ रुपैयाँले वृद्धि भएको हो ।

पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको असरले घरेलु उपभोक्तामा परेको जनाएको छ । नयाँ दर बमोजिम पेट्रोलको मूल्य प्रतिलिटर १ सय रुपैयाँ १० पैसा कायम गरिएको छ ।

अर्थ विभागका अनुसार डिजेलको मूल्यमा प्रति लिटर २१ रुपैयाँ ३१ पैसाले वृद्धि भएको छ । डिजेलको मूल्य प्रति लिटर १ सय एक रुपैयाँ २६ पैसा कायम गरिएको छ ।

गत अप्रिल महिनामा प्रति ब्यारेल २० अमेरिकी डलरमा पाइने कच्चा तेलको मूल्य प्रति ब्यारेल ४२ अमेरिकी डलर पुगेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments