पाकिस्तानमा आत्महत्याको समस्या विकराल !

डन डट कमको सर्वेक्षण

मङ्लबार, असार ३१, २०७६



एजेन्सी । दक्षिण पश्चिमी एसियाली मुलुक पाकिस्तानमा  प्रत्येक दिन १५ देखि ३५ जना व्यक्तिको मृत्यु भइरहेको छ ।जसको मतलब हुन् आउँछ, हरेक एक घण्टामा कम्तिमा एक जनाको मृत्यु भइरहेको छ ।

विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले सन् २००२ मा लिएको एक तथ्यांकअनुसार प्रति एक लाखमा  ७.५ जना व्यक्तिले आत्महत्याको कारण मृत्युवरण गरिरहेका थिए । अर्थात् त्यस वर्ष १३ हजार व्यक्तिले आत्महत्या गरे ।

सन् २०१६ मा गरिएको एक अध्ययनले प्रति एक लाखमा २.९ जनाले आत्महत्या गरेको देखियो । अर्थात सन् २०१६ मा ५,५०० व्यक्तिले आत्महत्या गरे । विज्ञहरुले यी दुई तथ्यांकको बीचमा अहिले पनि आत्महत्या गर्नेहरुको संख्या रहेको अनुमान गरिरहेका छन् ।

यहाँ एक प्रोजेक्ट वर्क मार्फत ती व्यक्तिहरु समक्ष पुग्न खोजिएको छ- जो आफ्नो अन्तरमनको भावना अन्य व्यक्तिसामू पुर्याउन हिच्किचाइरहेका छन् ।

ट्रिगर चेतावनी : तल उल्लेख्य सामग्रीमा आत्महत्या र आत्महत्या प्रयासहरूको कथाहरूमा आधारित छ । कृपया सावधानीको साथ जीवनलाई अगाडि बढाउनुहोस् र संकटको अवस्थामा तपाईंको मानसिक स्वास्थ्य सल्लाहकारलाई सम्पर्क गर्नुहोस् ।

आत्महत्या सर्वेक्षण:

आत्महत्याको कारण र सन्दर्भलाई बुझ्न डन डट कमले डिसेम्बर २०१८  मा एक अनलाइन सर्वेक्षण गरेको थियो । जहाँ डनले आत्महत्या र आत्महत्याको प्रचलनको बारेमा भिजिटरहरुसँग आफ्नो निजि विचार र घटनाहरु साझा गर्न अनुरोध गरेको थियो । कुल ५,१५७ जनाले प्रतिक्रिया जनाएको उक्त सर्वेक्षणलाई तल एक आउटलाइन मार्फत देखाइएको छ :

  • ३८ प्रतिशत बताउँछन् कि उनीहरु आत्महत्या गर्ने व्यक्तिसँग व्यक्तिगत रुपमा नजिक थिए ।
  • ४३ प्रतिशत बताउँछन् कि उनीहरु आत्महत्या गर्ने व्यक्तिसँग परिचित हुने गर्छन् ।
  • ४५ प्रतिशत बताउँछन् कि उनीहरुले आत्महत्याको बारेमा सोचेका छन्, तर गर्न भने सकेनन् ।
  • ९ प्रतिशत बताउँछन् कि उनीहरुले आत्महत्याको प्रयास गरेका थिए तर असफल भए ।

१. रेस्पोन्डेन्ट डेमोग्राफिक :

सर्वेक्षण अनुसार १८ देखि ४० वर्ष  उमेर समुहका पुरुषहरु  अधिक मात्रामा(७२.६३ प्रतिशत ) आत्महत्या गरिरहेका छन् । यस्तै १८ वर्ष भन्दा मुनिका बालबालिकाको आत्महत्याको दर(३.८ प्रतिशत), ४० वर्ष भन्दा माथिका १०.४९ प्रतिशत व्यक्ति रहेका छन् ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata