समर्थन जुटाउन पाकिस्तानी विदेशमन्त्री चीन प्रस्थान

शुक्रबार, साउन २४, २०७६



एजेन्सी । भारतीय सरकारले गत सोमबार देखी कश्मीरमा अतिरिक्त सैनिक परिचालन गर्दै संविधानको अनुच्छेद ३७० परिवर्तन गरेसँगै पाकिस्तानी सरकार ठूलो दबावमा परेको छ ।

भारतीय संविधान अनुसार, जम्मु कश्मीर राज्यले प्राप्त गरिरहेको विशेष दर्जा र अधिकार खोसिएसँगै कडा प्रतिक्रिया जनाएको पाकिस्तानले भारतीय सरकारको उक्त कदम विरुद्ध अन्तराष्ट्रिय शक्तिलाई गुहार्दै छ ।

यसै शिलसिलामा पाकिस्तानी विदेश मन्त्री शाह महमुद कुरैशी आज (शुक्रबार) चीन प्रस्थान गरेका छन। चीन प्रस्थानकाे दौरान मिडियासँग विदेशमन्त्री कुरैशीले भने, भारत आफ्नो असंवैधानिक तौरतरिकाबाट क्षेत्रिय शान्ति खल्बल्याउन मरिमेट्दै छ ।

उनले चीनलाई पाकिस्तानी मित्र बताउँदै भने, चीन यस क्षेत्रको महत्वपूर्ण देश समेत हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata