अमेरिकाद्वारा पाकिस्तानलाई दिने सहयोगमा कटौती

आइतवार, भदौ १, २०७६



एजेन्सी । सन २०१० मा भएको अमेरिका पाकिस्तानबीचको सम्झौता अनुसार हरेक साल अमेरिकाले पाकिस्तानलाई ठूलो धनराशी सहयोग गर्दै आइरहेको छ ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खान अमेरिका भ्रमणमा रहँदा राष्ट्रपति ट्रम्पसँग सहयोग बढाउन आग्रह गरेका थिए । प्रधानमन्त्री खानको अमेरिका भ्रमण भन्दा तीन दिन अगाडि अमेरिकाले सहयोग राशीमा कटौती गर्ने जनाएको थियो ।

प्रधानमन्त्री खानको आग्रहको बावजुद अमेरिका आफ्नो पूर्व निर्णय अनुसार ४४ करोड डलर कटौती गर्दै अब जम्मा ४१० अरब मात्र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

सन २००९ मा अमेरिकी कंग्रेसले केरि लुगर बर्मन अधिनियम पास गरेको थियो । जस अन्तरगत ५ वर्षको अन्तरालमा अमेरिका पाकिस्तानलाई ७५० करोड डलर प्रदान गर्न राजी भएको थियो । समझौता प्रवाभि हुनासाथ अमेरिका पाकिस्तान सम्बन्ध पातलो बन्न थाल्यो ।

प्रधानमन्त्री खानको अमेरिका भ्रमणको दौरान राष्ट्रपति ट्रम्पले खुलेर भने, हामीहरुले कयौं साल देखि पाकिस्तानलाई १३० करोड डलर वार्षीक दिदै आयौं । तर समस्या यो छ कि पाकिस्तान हाम्रो निम्ती केही गरिरहेको छैन ।

यस अघि सन २०१८ मा ट्रम्प प्रशासनले ३०० मिलियन डलर सैनिक सहयोग कटौती गरेको थियो भने पेन्टागनले ८०० मिलियन डलर सैनिक सहयोगको प्रतिबद्धता स्थगित गरेको थियो । राष्ट्रपति ट्रम्पले १ जनवरी २०१८ मा एक ट्वीट गर्दै भनेका थिए । पछिल्लो १५ वर्षमा हामीले पाकिस्तानलाई ३३ बिलियन डलर भन्दा बढि सहयोग गरिसकेका छौं । तर उनीहरुले अफगानी आतंकवादीहरुलाई सुरक्षित स्वर्ग उपलब्ध गराइरहेका छन ।

पछिल्लो समय पाकिस्तान चरम आर्थिक समस्याबाट गुज्र्रिरहेको छ भने गत ५ अगष्ट देखी भारतीय राजनीतिको कारण कश्मीर मामिलामा बाध्यात्मक रुपले अल्झिन पुगेको छ । कश्मीर समस्या पश्चात पाकिस्तानी सरकारलाई झनै आर्थिक र राजनीतिक सहायताको जरुरत परेको समयमा अमेरिकाले गरेको आर्थिक कटौती झनै कष्टकर बन्दै गइरहेको छ ।

अमेरिकी निर्णय जे भए पनि एक गोली रहेसम्म कश्मीरको निम्ति लडिरहने पाकिस्तान सरकारले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata