पाकिस्तानमा हत्या गरिएकाको अन्त्येष्टिमा हजारौँ सहभागी

बिहिबार, असार २८, २०७५



पाकिस्तान । निर्वाचन प्रचारप्रसारका क्रममा भएको आत्मघाती हमलामा परी मृत्यु भएकाको अन्त्येष्टिमा बुधबार हजारौँ सहभागी भएका छन् ।

तालिबान लडाकूहरूले गराएको भनिएको विस्फोटनमा परी मृत्यु भएका २० जनाको अन्त्येष्टिका लागि हजारौँ सहभागी भएको अधिकारीहरूले बताएका छन् ।

अन्त्येष्टिमा झण्डै ३० हजार जना सहभागी भएको एक जना वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन् । यही जुलाईको २५ तारिखका दिन हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचनलाई प्रभावित पार्नेगरी हिंसात्मक गतिविधिहरू भएको समाचारमा जनाइएको छ ।

पाकिस्तानको उत्तरपश्चिमी शहर पेशावरमा मंगलबार अबेर पछिल्लो ठूलो आत्मघाती विस्फोटन भएको हो । निर्वाचनको प्रचारप्रसारका लागि भएको चुनावी ¥यालीमा सहभागी भएकामाथी आत्मघाती आक्रमण हुँदा केही नेता पनि मारिएका जनाइएको छ ।

आक्रमणमा अवामी नेशनल पार्टीका एकजना स्थानीय नेता अवामी हरूर पनि मारिएका छन् । उनी पनि सो निर्वाचन ¥यालीमा सहभागी भएका थिए ।

64 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank