प्याज भण्डार भवन निमार्ण

मङ्लबार, कार्तिक १३, २०७५

- प्रमित वि क



बाजुरा ।बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका स्थित वडा नं. १ बाहुनीमा प्याज भण्डार गर्ने भवन निमार्ण गरिएकोे छ । बाहुनीका बासिन्दा बर्षेनी एक घरमा ७ कट्टा प्याज फलाउँने गर्दछ ।

जम्मा घरधुरी ३५ रहेको  गाउँमा उक्त घरधुरीले बर्षमा ५ कुइन्टल प्याज फलाउँने गर्दछन् । त्यहाँका बासिन्दाले प्याज फलाएपनि बर्षेनी षडेर खेर जाने स्थानिय हिक्मत वि कले बताए । बाहुनीमा प्याज मात्र नभएर विभिन्न तरकारीहरु फल्ने एउटा प्रसिद्ध ठाउँको रुपमा लिईन्छ । बजार नजिक नहुदा बर्षेनी फलाएको तरकारी षडेर जाने गरेको स्थानिय गुनासो रहेको छ ।

स्थानीय बासिन्दाले प्याज, टमटर, गोलभेडा, खुर्सानी, भिन्डी लगाएतका तरकारी फलाउँने गरेका छन् भने सबै भन्दा बढि प्याज फल्ने गर्दछ । प्याज बढि फल्ने भएकोले स्वामिकार्तिक गाउँपालिकाको आर्थिक सहयोग र बाहुनी टोलका बासिन्दाको सक्रियतामा रु. ४ लाख २५ हजारको लागतमा प्याज भण्डारण भवन निमार्ण गरेका हुन ।

गाउँपालिकाको आर्थिक सहयोगमा भवन निमार्ण भएपछि स्थानिय बासिन्दा हर्सित बनेका छन् । यो बर्ष देखि आफुले मेहनत गरेजति पैसा कमाई हुने कृषक कलु वि क ले बातईन् ।

भवनमा प्रत्येक कृषकले फलाएको प्याजलाई सुरक्षित एकै ठाउँमा जम्मा गर्ने र जम्मा गरेका प्याजलाई समयमै बजारमा लगेर बच्ने उद्धेश्य रहेको जनाइएको छ ।

166 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank