पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

सोमवार, बैशाख ३१, २०७५



पाल्पा,

सडकमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अरुद्ध बनेको छ ।

अविरल वर्षासँगै खसेको पहिरोले सोमबार बिहान २ बजेदेखि सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग हुँदै जाने सवारी साधन बीचबाटोमै रोकिँदा यात्रु अलपत्र बनेका छन् ।

आइतबार रातिदेखि परेको अविरल वर्षासँगै तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रविन आचार्यले जानकारी दिए।

पहिरोसँगै ठूला ठूला चट्टान सडकको बीचभागमा खसेका कारण सडक अवरुद्ध बनेको उनले बताए । बिहानैदेखि सडक खुलाउने प्रयास गरिए पनि अहिलेसम्म सडक सञ्चालन हुन सकेको छैन ।

77 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank