हुम्लामा सुख्खा पहिरोमा परि दुई जनाको मृत्यु

शनिबार, भदौ ३०, २०७५



हुम्ला । हुम्लामा सुख्खा पहिरोमा परि दुई जनाको मृत्यु भएको छ । हुम्लाको चंखेली गाउँपालिका ६ मा शनिबार सुख्खा पहिरोमा परि  अन्दाजी २३ वर्षीय बसन्ती तामाङ र १३ वर्षीय अनिता तामाङकाे  मृत्यु  भएकाे हाे ।

पहिरोमा परि अन्य चार जना बालबालिका घाईते भएका छन् । शनिबार दिउसो १२ बजे दाउरा लिन जाने क्रममा चंखेली गाउँपालिका ६ नेक्का गाउँ माथिबाट सुख्खा पहिरो आएर उनीहरुको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक गिन्द्र बहादुर बोगटीले नेपालपाटी डटकमलाई जानकारी दिए ।

प्रहरी निरिक्षक बोगटीका अनुसार घाईते हुनेहरुमा हेमन्त तामाङ,युकेश तामाङ,विनिता तामाङ र अस्मीता तामाङ रहेका छन् ।

घाइते मध्ये हेमन्त तामाङ,युकेश तामाङ,विनिता तामाङ गम्भीर रहेकाले उनीहरुलाई उपचारका लागि हवाईजहाज मार्फत नेपालगञ्ज पठाउने तयारी भइरहेको छ । पहिरोमा परेकाहरुको हेलिकप्टर मार्फत उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

210 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank