पहिराेले घर भत्किँदा श्रीमानको मृत्यु श्रीमती गम्भीर

आइतवार, असार १४, २०७७



काठमाडौं । स्याङ्जामा गल्याङमा घर माथिबाट पहिराे खस्दा  श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते बनेकी छिन ।

गल्याङ नगरपालिका–१ साङलीयाका ४९ वर्षीय यमबहादुर विकको आइतबार बिहान मृत्यु भएको हो । उनकी पत्नी ४२ वर्षीय फुलमाया विक घाइते छिन् उनको पाल्पा मिशन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गए राति देखी परेको अविरल वर्षासँगै घर माथिबाट पहिरोले खसेर घरको भित्ता भत्काउँदै पहिरोले दम्पतिलाई घाइते बनाएको थियो ।गम्भीर घाईते दुवैलाई गल्याङ नगर अस्पतालमा ल्याइएको थियो । अस्पताल पुर्‍याइएको एक घण्टापछि उपचारका क्रममा यमबहादुरको मृत्य भएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments