पहिरोले दुई जीप पुरिए, एकको मृत्यु ६ घाइते

शुक्रबार, भदौ २७, २०७६



पाल्पा । पहिरोले दुईवटा जीप पुरिदा एक जनाको ज्यान गएको छ भने ६ जना घाईते भएका छन ।

तिनाउ गाउँपालिका३ दोभान हेडबक्स नजिकै माथिबाट खसेको पहिरोले शुक्रबार दुई वटा जिप पुर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

तानसेनतर्फबाट बुटवल हिँडेको लु २ च ५९३८ जिप र बुटवलबाट गुल्मी हिँडेको लु १ ज २६१७ नम्बरको जिप पहिरोले पुरिएका थिए । बुटवलबाट गुल्मी हिँडेको लु १ ज २६१७ नम्बरको जिप चालक मक्रहरका कमल परियारको घटनास्थलमै मृत्यु भएको प्रहरले जनाएको छ ।

दोभान प्रहरी चौकीका अनुसार दुई सवारीसाधनबाट ६ जना घाइते भएका जनाएको छ । घाइतेहरुको प्रादेशीक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

एकै घरका ६ जनाकाे मृत्यु

 बिहीबार राति घरमाथिबाट गएको पहिरोमा पुरिएर रोल्पाको थवाङ गाउँपालिका–२ छेर्लोवाङमा एकै घरका ६ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा २५ वर्षीय थीरकुमार बुढा, उनका ४ वर्षीय छोरा असल बुढा, ३५ वर्षीय जै बुढा, उनकी ३५ वर्षीय श्रीमती मूलज्योति बुढा, ९ वर्षीय छोरी जीविस्टी बुढा र २ वर्षीया छोरी करिस्मा बुढा रहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata