पहिरोमा परि एकै परिवारका तीन जनाको मृत्यु

आइतवार, भदौ १५, २०७६



काठमाडौं । जाजरकोटमा पहिरोमा परि एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
भेरी नगरपालिका– २, तिमिलेमा पहिरोमा परी तीन जनाको मृत्यु भएको हो । पहिरोमा परी दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको हो ।

आइतबार बिहान १ः४५ बजे आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

पार्वतीका श्रीमान बलबहादुर घर बाहिर सुतेका कारण बाँच्न सफल भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata