सूर्य चिन्ह पद्मरत्न तुलाधारबाट यसरी लिएको थियो एमालेले

सोमवार, कार्तिक १९, २०७५



लोकतान्त्रिक आन्दोलनका अगुवा एवं मानव अधिकारकर्मी पद्यरत्न तुलाधरको आज अन्त्येष्टि गरिएको छ । मस्तिष्कघात र मिर्गौलाको समस्याबाट ग्रसित तुलाधरको ७८ वर्षको उमेरमा हिजो निधन भएको थियो । राजधानीको लाजिम्पाटस्थित निवासबाट शव यात्रा सहित शोभाभगवतीमा पुर्‍याएर राष्ट्रिय सम्मान सहित अन्तिम संस्कार गरिएको थियो ।

उनको पार्थिव शरिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका थिए । उनको नेवारी परम्परा अनुसार काठमाडौको शोभागवतीमा अन्तिम संस्कार गरियो ।

मस्तिष्कघात भएर अस्पताल भर्ना भएका तुलाधरको छातीको गम्भीर संक्रमणबाट ७८ वर्षको उमेरमा आईतवार निधन भएको हो । कात्तिक ६ गते मस्तिष्कघात भएका तुलाधरको मृगौलामा समेत समस्या देखिएपछि अन्नपूर्ण न्युरो अस्पतालबाट कात्तिक १३ गते नर्भिक अस्पतालको आईसीयूमा सारिएको थियो । उपचारका क्रममा हिजो सोही अस्पतालमा उनको निधन  भएको हो ।

उनको निधनबाट देश र मानव अधिकारको आन्दोलनमा गम्भीर क्षति पुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, कंग्रेस सभापति शेरबहादुर देउवा लगायत शीर्ष नेताले दु:ख व्यक्त गरे ।

तुलाधार नेपाली राजनीतिक र सामाजिक आन्दोलनका अगुवा थिए । २०६२-६३ को शान्ति प्रक्रियाका उनी मुख्य सहजकर्तासमेत मानिन्छन् ।

तत्कालीन नेकपा एमालेको समर्थनमा २०४८ र २०५२ सालमा काठमाडौंबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित तुलाधर २०५३ मा श्रम तथा स्वास्थ्यमन्त्री समेत भए । राष्ट्रिय पञ्चायतको सदस्यका लागि त्यसबेला जनपक्षीय उम्मेदवार हुँदा सूर्य चिह्न लिएका तुलाधरकै सूर्य चिह्न तत्कालीन नेकपा (एमाले) र हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले लिएको छ ।

450 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank