गोपालमानलाई हराउने पद्माले पाइन् स्वास्थ मन्त्रालयको जिम्मा

शुक्रबार, चैत्र १६, २०७४



काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य मन्त्रालयको विभागीय जिम्मेवारी राज्यमन्त्री पद्मा अर्याललाई दिएका छन् । फोरमलाई दिने भन्दै प्रधानमन्त्री ओलीले आफूसँग राखेको मन्त्रालयको जिम्मेवारी राज्यमन्त्री अर्याललाई दिएका हुन् ।

राज्यमन्त्री अर्यालले मन्त्रीकै हैसियतले क्याविनेटमा प्रस्ताव लान पाउने छिन् । राज्यमन्त्री अर्याल एमाले केन्द्रीय सदस्य समेत हुन् । स्याङजा क्षेत्र नं २ मा कांग्रेस नेता गोपालमान श्रेष्ठलाई पराजित गरेर उनी सांसद निर्वाचित भएकी हुन् ।

555 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank