मागबारे सरकार गम्भीर छ तर अनशन बसेर समस्या समाधान हुँदैनः राज्यमन्त्री अर्याल

बुधबार, असार २७, २०७५



स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालले जुम्लामा अनशनरत डा. गोविन्द केसीका माग पूरा गर्न र समस्या समाधान गर्न सरकार तयार रहेको स्पष्ट पारेकी छिन् ।

बुधबार padma aryal मागबारे सरकार गम्भीर छ तर अनशन बसेर समस्या समाधान हुँदैनः राज्यमन्त्री अर्यालरिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भनिन्, ‘डा.गोविन्द केसीले अनशन सुरु गरेदेखि नै सरकारले उहाँलाई वार्तामा आउन आग्रह गर्दै आएको हो, सूरुमा उहाँ आँफै वार्तामा आउन चाहनुभएन, डाक्टर केसी हिजोदेखि केही लचकतामा आउनुभएको छ, उहाँले उठाएका मागको बारेमा सरकार गम्भिर छ, केही मागको बारेमा विवाद पनि छ, पक्ष र विपक्ष भएर समस्या समाधान हुँदैन, मैले भनेकै हुनुपर्छ भनेर पनि हुँदैन ।’

उनले थपिन् ‘चिकित्सा शिक्षा विद्येयक संसदमा पुगेको छ, संसदले नै उहाँले उठाएका मागलाई बैधानिकता दिने हो, उहाँले चाहेको संशोधनलाई सांसदमार्फत कुराहरु राख्न सक्नुुहन्छ, कानूनी बाटोबाट मात्रै समस्या समाधान हुन्छ, अनशन बसेर हुँदैन, हिजोका दिनले पनि यही कुराहरु देखाईसकेको छ ।’
मन्त्री अर्यालले डाक्टर केसीको स्वास्थ्य अवस्थाप्रति गम्भिर रहेको बताउँदै उनको उपचारको लागि कुनै कसर बाँकी नराख्ने जनाईन् ।

कार्यक्रममा नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेलले गोविन्द केसीसँग वार्ता गर्न सरकारले पर्याप्त पहल नगरेको आरोप लगाए । पौडेलले केसीसँग वार्ता गरेर चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि श्वेतपत्र जारी गर्न सरकारलाई सुझाब दिए । चिकित्सा शिक्षा क्षेत्रको सुधार र केसीको जीवन रक्षाका लागि तत्काल वार्ता गर्नुपर्नेमा उनले जोड दिए ।

चिकित्सा शिक्षालाई सरकारले निजिकरण गर्न खोजेका कारण गोविन्द केसी अनशन बस्न बाध्य भएको पौडेलको दावी छ । नेपालको चिकित्सा सेवा काठमाडौं केन्द्रित भएको भन्दै उनले जुम्लामा खोलिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आधारभूत सेवा समेत हुन नसकेको बताए ।

198 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank