पूर्व मन्त्री पद्मरत्न तुलाधरको निधन

आइतवार, कार्तिक १८, २०७५



काठमाडौं । पूर्वमन्त्री एवंम वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ ।  ७८ बर्षीय तुलाधरकाे   उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

मानव अधिकारवादी नेता तुलाधरलार्इ गत शुक्रबार अस्पताल भर्ना गरिएकाे  थियाे ।  स्वास्थ्यमा समस्या आएपछि उनलाई शुक्रबार साँझ माइतीघर स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । उनलाई उपचारकै क्रममा नर्भिक पठाइएको थियो ।

वि.स. २०४३ सालको निर्वाचनमा काठमाडौंबाट तात्कालिन भूमिगत पार्टी नेकपा (माले)ले उनलाई जनपक्षीय उम्मेदवार बनाएको थियो । उक्त निर्वाचनमा काठमाडौंबाट अत्यधिक मतले विजयी तुलाधरले राष्ट्रिय पञ्चायतमा बहुदलको पक्षमा वकालत गरेका थिए ।

वि.स. २०५१ सालको मध्यावधि निर्वाचन पश्चात बनेको नेकपा एमालेको अल्पमतको सरकारमा स्वास्थ्यमन्त्री बनेका तुलाधर लामो समय वामपन्थी राजनीतिमा सक्रिय रहँर्दै आएका थिए । नेवारी भाषालाई राष्ट्रिय भाषा बनाउन मंका खल मार्फत ठूलो योगदान पुर्याएका तुलाधर माओवादी विद्रोहलाई साम्य पार्न समेत अहम भूमिकामा रहेका थिए ।

तुलाधारकाे निधनप्रति प्रधानमन्त्री केपी शर्मा अाेलीले दुख व्यक्त गरेका छन् । प्रधानमन्त्री  अाेलीले वाम अान्दाेलनमा तुलाधरकाे याेगदान स्मरणीय रहने बताए ।

728 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank