पाँचखालः ८, ९ र १० मा काँग्रेस विजयी

बिहिबार, जेष्ठ ४, २०७४



काभ्रे । पाँचखाल नगरपालिका– ८ को वडाध्यक्षमा नेपाली काँग्रेसका सञ्जय तामाङले एक हजार २० मत ल्याई विजयी भएकाछन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का कर्मसिंह तामाङले १६२ मत प्राप्त गरेका थिए ।

यसैगरी पाँचखाल नगरपालिका– ९ को वडाध्यक्षमा काँग्रेसका किरण श्रेष्ठले ७६२ मत ल्याई विजयी भएकाछन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवराज भेटुवालले ६४५ मत प्राप्त गरेका थिए ।

यसैगरी नगरपालिका– १० को वडाध्यक्षमा काँग्रेसका केशव बञ्जारा ६०६ मत ल्याई विजयी भएकाछन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका वेदप्रसाद बञ्जाराले ५८८ मत प्राप्त गरेका थिए ।

मण्डन देउपुर नगरपालिका– ८ को वडाध्यक्षमा एमालेका झलकप्रसाद पौडेलले ३९७ मत ल्याई विजयी भएकाछन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विनोदप्रसाद पौडेलले ३९३ मत प्राप्त गरेका थिए ।

धुलिखेल नगरपालिका– १ को वडाध्यक्षमा एमालेका रमेशप्रसाद घोरासैनीले ३८७ मत ल्याई विजयी भएकाछन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका
भीमबहादुर तामाङले ६६ मत प्राप्त गरेका थिए ।

नमोबुद्ध नगरपालिका– १ को वडाध्यक्षमा काँग्रेसका कर्म ग्याल्वो लामाले ५०८ मत ल्याई विजयी भएकाछन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सूर्यदर्शनप्रसाद प्याकुरेलले ४४९ मत प्राप्त गरेका थिए ।

276 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank