बेलायतमा दुई जनामा पहिलोपटक लगाइयो कोरोना भाइरसविरुद्धको परिक्षण खोप

शुक्रबार, बैशाख १२, २०७७



 एजेन्सी । विश्वव्यापी महामारी कोरोना भाइरस(कोभिड-१९) को विरुद्ध खोप निर्माणमा सफलता नजिक आएको बताइएको छ  ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको खोप निर्माणमा सफलता नजिक पुगेको दाबी गरेका हुन् । रहेका छन् । तर हामी परीक्षणको नजिक छैनौं किनकि परीक्षण शुरु गर्नका लागि केही समय चाहिन्छ । हामी छिट्टै परीक्षणमा जाने कोशिसमा छौं ।’

कोरोना भाइरस विरुद्धको खोप बनाउनका लागि अमेरिका, जर्मनी, बेलायत, चीनमा लगातार परीक्षण भइरहेको छ । संसारका धेरै विज्ञहरुले कोरोना भाइरसविरुद्धको खोप पूर्ण रुपमा उपलब्धताका लागि १ वर्षदेखि डेढवर्षसम्म लाग्ने बताउँदै आएका छन् ।

यस्तै, बेलायतमा कोरोना भाइरसविरुद्धको खोपको मानवीय परीक्षण शुरु भएको छ । कोरोना भाइरस विरुद्धको सम्भावित खोपको मानवीय परीक्षण युरोपमा पहिलोपटक अक्सफोर्डमा शुरु भएको हो ।

खोपको परीक्षणका लागि स्वतन्त्र रुपमा तयार भएका दुईजनालाई खोपको मात्रा प्रदान गरिएको बेलायती सञ्चारमाध्यमले जानकारी दिएका छन् । खोपको परीक्षणका लागि ८ सयभन्दा बढीले नाम लेखाएका छन् ।

यस मध्य आधा मानिसलाई कोरोना भाइरसको खोप लगाइने छ भने आधालाई कोरोनाको नभई मेनिन्जाइटिस् विरुद्धको खोप लगाइनेछ।यसरी खोप लगाइएका मानिसलाई आफुले कुन खोप लगाएको भन्ने थाहा हुनेछैन । यसबारे डाक्टरहरूलाई मात्र जानकारी हुनेछ ।

जेनर इन्स्टिच्युटमा भ्याक्सिनोलजीका प्राध्यापक सारा गिलबर्टले यस सम्बन्धी प्रि-क्लिनिकल अनुसन्धानको नेतृत्व गरेकी थिइन् । ‘व्यक्तिगत रुपमा मालाई यो खोपमाथि ठूलो विश्वास छ’, उनले भनिन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments