५०० दिन जेलजीवन काटेर रिहा भए दुई पत्रकार

मङ्लबार, बैशाख २४, २०७६



एजेन्सी । म्यानामारले रोयर्टसका दुई पत्रकार वा लोन र क्याव सईलाई रिहा गरेको छ ।

रोहिंग्या नरसंहार(Rohingya Crisis)का सम्बन्धमा रिपोर्टिङ गरेको र सरकारी गोप्य कागजातहरु सार्वजनिक गर्ने कोसिस गरेको अभियोगमा उनीहरुलाई अदालतले दोषी ठहर गर्दै सात वर्ष जेल सजाय सुनाएको थियो।

two-reuters

पत्रकारहरुलाई कैद गरिराखेको भन्दै अन्तर्राष्ट्रिया र कुटनीतिक रुपमा चर्को आलोचना भएपछि म्यानमारको नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रपति विन मिइन्टले उनीहरुलाई आम माफी दिएको बताइएको छ।

२०१७ को डिसेम्बरमा पक्राउ परि जेलचलान भएका लोन र सईले ५०० भन्दा बढी दिन जेलमा बिताएका हुन् ।  उनीहरुसँगै हजारौं कैदीहरुलाई आममाफी दिइएको थियो।7a68df8ccb3343d3899b0d3498d9ef24_18

रिहा भएपछि पत्रकाहरुले आफूहरु निकै खुशी रहेको र छिट्टै परिवार र साथीहरुसँग भेट्ने बताएका छन्। रोयटर्सका सम्पादकले आफ्ना पत्रकारहरु प्रेस स्वतन्त्रताका प्रतीक रहेको प्रतिक्रिया दिएका छन्।

पत्रकारितामार्फत रोहिंग्याहरुको समस्या उजागर गरेको र प्रेस स्वतन्त्रताका लागि योगदान गरेको भन्दै गत महिना उनीहरुलाई पुलित्जर पुरस्कार प्रदान गरिएको थियो।

रोहिंग्या नरसंहार:

युएनको रिपोर्ट अनुसार, सेना तथा बहुसंख्यक बौद्ध धर्मावलम्बीको ज्यादती, दमन तथा हिंसाबाट बच्न ७  हजार रोहिंग्याहरु बंगलादेशमा शरणार्थी जीवन विताइरहेका छन् । सो  दन्द्वका क्रममा हजारौ मानिसहरु मारिएको थिए भने उनीहरुको घरहरु जलाइएको थियो। सन् २०१७ मा म्यान्मारको  उत्तरी राखिने प्रदेशमा सो घटना भएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments