वक्तृत्व कलामा मालिका माविका मिन विक प्रथम

बिहिबार, असार २१, २०७५



बाजुरा । जिल्ला युवा समितिले आयोजना गरेको खुला वक्तृत्व कला प्रतियोगितामा मिनबहादुर विक प्रथम भएका छन् । मालिका नमुना माविमा अध्ययनरत विक १८ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम हुन सफल भएका हुन् ।

  समृद्ध नेपाल सुखी नेपाली अभियान सफल पार्न युवाको भूमिका विषयमा आयोजित वक्तृत्वकला प्रतियोगितामा प्रथम भएका विकले ५ हजार नगद पुरस्कार र प्रमाण पत्र सहीत प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने युवा समिति बाजुरा अध्यक्ष युवराज शाहीले बताएका छन् ।

 युवा प्रतिभा पहिचानका लागि आयोजित प्रतियोगितामा मालिका माविकै छात्रा मंगलबहादुर नेपाली द्धितीय भएका छन् । नेपालीले ४ हजार नगद पुरस्कार सहीत प्रमाण पत्र प्राप्त गरेका छन् । भने बडिमालिका बोडिङ स्कुलका छात्रा गणेश दानी तृतीय स्थान ल्याउन सफल भएका छन् ।

 दानीले ३ हजार नगद पुरस्कार र प्रमाण पत्र प्राप्त गरेका छन् । भने सोही स्कुलका सन्तोष थापा सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् । थापाले १ हजार नगद सहीत प्रमाण पत्र प्राप्त गरेका छन् ।

जिल्ला समन्वय समिति प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि नरेन्द्र कुमार रोकाया सहीतले जिल्ला युवा समिति अध्यक्ष युवराज शाही, प्रदेश पत्रकार महासंघका सदस्य गगन अयडी र मालिका नमुना माविका विव्यस अध्यक्ष दिर्घराज पाध्यायले पुरस्कार र प्रमाण पत्र वितरण गरेका थिए ।

 देशको समृद्धि तथा आर्थिक विकासका लागि सरकारले लिएको खुसी नेपाली समृद्ध नेपाल नारालाई सार्थक र उपलब्धी मुलक बनाउन यूवाले खेल्ने पर्ने भूमिका बारे विचार बहस गर्ने लगरी आयोजित कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाले बताएका छन् ।

मालिका अगुवा श्रोत केन्द्रमा आयोजित प्रतियोगिताको बाजुरा क्याम्पसका उपप्रध्यापक रुपक रौले, विद्यालय निरीक्षक बिबिराज सोती र रेडियो बाजुराका स्टेशन म्यानेजर तथा सुदूर साहित्य प्रतिष्ठानका सचिव कृष्ण ओली निर्णायकको भूमिकामा थिए ।

युवा विद्यार्थीको देश प्रतिको माया र केही गरौ भन्ने भावनाको विकाससँगै व्यक्तित्ज विकासका लागि प्रतियोगिताले सहयोग पुग्ने युवा समिति बाजुराका कार्यालय प्रमुख एवं जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ अधिकारी गोपालदत्त जोशीले बताएका छन् ।

समय छोटो र एकाएका केन्द्रले खबर गर्दा बृहत बनाउन नसकीएपनि युवाको क्षमता विकास र प्रतिभाको संरक्षण गर्ने कार्यमा युवा समिति निरन्तर लागि रहनु युवा समिति बाजुराका अध्यक्ष युवराज शाहीले बताएका छन् । कार्यक्रममा समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया, सेभ द चिल्डे«नका प्रेम पुन, पत्रकार महासंघ प्रदेश सदस्य गगन अयडी, मालिका नमुना माविका विव्यस अध्यक्ष दिर्घरा पाध्याय लगायतले मन्तव्य राखेका थिए ।

204 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank