“”

महाअभियोग प्रकरण : सर्वोच्च अदालतलाई सभामुखको चेतावनी

आइतवार, बैशाख २४, २०७४



काठमाडौं । सभामुख ओनसरी घर्तीले संसदको विशेषाधिकार रहने विषयमा हस्तक्षेप नगर्न सर्वोच्च अदालतलाई आग्रह गरेकी छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनवटै अंगको क्षेत्राधिकार संविधानले तोकेको हुँदा सबैले आफ्नो सीमामा बस्नुपर्ने उनले बताइन ।

संसद स्थगितपछि विषेश पत्रकार सम्मेलन गर्दै उनले संसदमा प्रवेश गरिसकेको विषय के गर्ने भन्ने विषय संसदको असिधार भएको बताइन । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र समशेर राणाले दिएको आदेशका विषयमा लक्षित गर्दै पत्रकारसम्मेलन गरेपनि घर्तीले अदालतको नाम भने उच्चारण गरिनन ।

उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकावीच बढेको तिक्ततालाई सम्वादको प्रक्रियाबाटै समाधान गर्न लागि दलहरुलाई आग्रैह गरिन । सहमतिका लागि नै जेठ ४ गतेसम्म संसद स्थगन गरेको जानकारी दिइन् ।

2193 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank