प्याज चोरीको घटना बढ्दै

बिहिबार, मंसिर १२, २०७६



एजेन्सी । पछिल्लो समय दक्षिण एसियाली देशमा प्याजको आतंक मच्चिएको छ । नेपाल, भारत र बंगलादेशमा प्याजको मूल्य उच्च वृद्धि भइरहेको छ ।

भान्छामा मसला र सलाद एवम् स्वादको रुपमा हेरिएको प्याजले खानामा रुची बढाउने, रुघाखोकी नियन्त्रण गर्ने, पेट दुःखेको बेला र बान्ता रोक्नमा समेत प्रयोगमा आउने गर्दछ ।

प्याजमा एमिनो एसिड पाइन्छ । यसले सबै खराब कोलेस्ट्रोल कम गर्र्नुका साथै राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछ । प्याज सेवन गर्ने हो भने हाई ब्लडप्रेसर नियन्त्रण गर्छ । यसले हाई ब्लडप्रेसरलाई सामान्य अवस्थामा झार्न सक्छ । प्याज खाँदा शरीरमा इन्सुलिन पैदा हुन्छ । यसले गर्दा डाइबेटिजका रोगीलाई काँचो प्याज खाँदा लाभदायी हुन सक्छ ।

भारतले आफ्नो मुलुकबाट प्याज निर्यात गर्न लगाएसँगै नेपाली बजारमा प्याजको मूल्य निरन्तर उकालो लगिरहेको छ । भारतले प्रतिबन्ध घोषणा गरेलगत्तै नेपाली बजारमा प्याजको थोक मूल्य प्रतिकिलो १ सय ५० रुपैयाँभन्दा माथि पुगेको छ । मूल्य बढेकै कारण उपभोक्ताहरुले भान्सामा प्याजको उपयोग कम गर्दै लगेका छन् । नेपालमा व्यवसायीहरुले भारतको नासिक, इन्दौंर, कानपुर, चण्डीगढ, लखनउ, गौरखपुर र सिमला लगायतबाट प्याज आयात गर्छन् ।

तर, भारतमा एउटा यस्तो घटना भएको छ, जुन सुन्दा अपत्यारिलो भएता पनि पूर्ण सत्य हो । भारतीय राज्य पश्चिम बंगालको पूर्वमिदनापुरको एक पसलमा सोमबार राति चोरी भयो । पसल भित्र रहेको नगद रुपैयाँ र मूल्यवान वस्तुहरू केहि नगरी चोरले लसुन र प्याज मात्रै चोरेको स्थानीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् ।

पसल तोडेर चोरले करिब ५० हजार रुपैयाँ बराबरको लसुन र प्याज लगेको पसलका संचालक अजय दासले बताएका छन् । उनले बताए- ‘अरु कुनै पनि सामाग्री केहि गरेको छैन, प्याज र लसुन मात्रै पसलदेखि गायब छ ।’चोरले पसल नै तोडफोड गरे पनि नगद र अन्य मूल्यवान सामग्री भने चोरी नगरेको उनले स्वीकारेका हुन् ।

भारतमा प्याजको मूल्य बढ्दै गएपछि सरकारले प्याजमा कोटा निर्धारण गरेको छ । जसका कारण अहिले पसलबाट प्याज चोरी हुने घटना बढिरहेको जानकारहरू बताउँछन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata