१६ वर्षदेखि फरार रहेका युरोपको ‘मस्ट वान्टेड’ अभियुक्त पक्राउ

आइतवार, जेष्ठ २६, २०७६



माल्टा । युरोपको मस्ट वान्टेड व्यक्ति, सन् २००३ देखि  पुलिस र सरकारी अधिकृत देखि भागिरहका थिए । १६ वर्षपछी  बिहिबार राती  अभियुक्त व्यक्ति पक्राउ परेका छन्  ।

माल्टामा एक व्यक्तिको क्रुर हत्यापश्चात फरार भएका ४१ वर्षिया क्रिस्टोफर गेस्ट मोरे  गिरफ्तार भएको नेशलन क्राइम एजेन्सी(एनसीए)ले जनाएको छ । सन् २००३ मा ब्राइन वाटर्स नामका व्यक्तिलाई यातना दिएर उनका दुई जना वयस्क बच्चाकै अगाडि हत्या गरेर क्रिस्टोफर बेलायतबाट फरार भएका थिए ।

उनीमाथि एमआर वाटरस् फार्म  नामक गाजाँ फार्म चलाउँदै आएका ब्राइन वाटर्स नाम गरेका व्यक्तिलाई चरम यातना दिएर हत्या गरेको आरोप लागेको थियो ।

१९ जुन २००३  मा वाटर्सको हत्यामा संलग्न  जोन वेल्सन(६९), जेम्स राभेन(६०) र ओतिस माथ्थेउस्(४१) लाई भने मृत्युदण्डको सजाय सुनाइएको थियो ।

४४ वर्षिय वाटर्ससँग बिहिबार पक्राउ परेका क्रिस्टोफर सहित मृत्युदण्डको सजाय सुनाइएका अन्य तीन व्यक्तिले मोटो रकमको माग गरेका थिए ।  सोही विवाद चर्किदै जाँदा वाटर्सको  भएको जनाइएको छ ।

माल्टाको अदालतमा नै उनको सोमबार सुनुवाई हुँदैछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata