वान म्यान आर्मी रहिमको सामु श्रीलंकाले घुडा टेक्यो

आइतवार, भदौ ३१, २०७५



दुवई । एशिया कप २०१८ को उद्घाटन खेलमा बंगलादेशले रोमाञ्चक जीत हात पारेको छ । खेल सुरु भएको मात्र २ ओभर भित्र महत्वपूर्ण तीन विकेट गुमाएको बंगलादेश श्रीलंकासँग नराम्रो पराजय भोग्ने अडकलबाजीलाई कप्तान एवं विकेट किपर मुश्फिकुर रहिमले झुटो सावित गरिदिए ।

श्रीलंकाको घातक बलर लसिथ मालिंगाको सामु धर्मराएको बंगलादेशी इनिङलाई डटेर समाना गर्दै रहिमले आफ्नाो खेल जीवनको छैंटौ सतक प्रहार गर्न सफल भए ।

१ सय ५० बलको सामना गर्दै १ सय ४४ रन बनाउन ११ चौका र ४ छक्का प्रहार गरेका रहिम अन्तिम विकेटको रुपमा पभेलियन फर्कदा टीमको स्कोर २ सय ६१ रनमा समेटीयो । बंगलादेशले दिएको चुनौतीलाई स्विकार गर्दै मैदान उत्रेको श्रीलंका ३५.२ ओभरमा केवल १ सय २४ रनमा सिमित रह्यो । श्रीलंकालाई सस्तैमा समेट्न बंगलादेशी बलरहरु मोर्तजा,मुस्ताफिजुर रहमान र हसन मिराजले समान भुमिका निभाउँदै २/ २ विकेटको साझेदारी गरे भने सकिब अल हसन , रुवेल होसेन र मोसाददेक हुसेनले १/१ विकेटको योगदान दिए ।

मुश्फिकुर रहिमले एशिया कपको इतिहासमा श्रीलंकाको विकेट किपर ब्याट्स म्यान कुमारा संगाकारालाई पछि पार्दै आफ्नो नाम लेखाउन सफल भए । २००८ मा धोनी १०९, २००८ मै संगाकारा ११२ र १२१ रन को साथ सबै भन्दा अगाडि रहेकोमा रहिमले २०१८ मा १४४ रन बनाउँदै आफ्नो नाम लेखाएका हुन् ।

एशिया कपमा वढि रन बनाउने खेलाडीहरु विराट कोहली १८३ युनिस खान १४४ पछि मुश्फिकुर रहिमको नाम रेकर्ड भएको छ ।

99 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank