भारतीय नागरिक र सशस्त्र प्रहरीको टोलीबीच झपड एक जनाको मृत्यु

शुक्रबार, जेष्ठ ३०, २०७७



काठमाडौं । भारतीय नागरिकले प्रहरीको बन्दुक खोसेपछि सर्लाहीमा झडप भएको छ ।

शुक्रबार सर्लाहीको नेपाल भारत सीमा क्षेत्रमा भारतीय नागरिक र सशस्त्र प्रहरीको टोलीबीच झपड हुँदा एक जनाको मृत्यु भएको छ । भारतबाट जबरजस्ती नेपाल प्रवेश गर्दै प्रहरी माथि आक्रमण हुँदा शसस्त्र प्रहरीले चलाएको गोली लागि एक भारतीय नागरिकको मृत्यु भएको हो । झडपमा सशस्त्र प्रहरीका तीनजना र भारतीय नागरिक तीनजना गरी ६ जना घाइते भएका छन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार ‘अनाधिकृत रुपमा प्रवेश गर्नेलाई सुरक्षाकर्मीले रोक्ने नै भए, त्यस क्रममा सुरक्षाकर्मीलाई हातपात गरेर हतियार खोसेपछि प्रहरीले फायरिंग गरेको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको र थप सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments