घरमा आगो लगाइयो, भाग्ने माथि गोली बर्साउदा सयको मृत्यु

मङ्लबार, जेष्ठ २८, २०७६



अफ्रिका । मालिको मध्य क्षेत्र स्थित एक गाउँमा हतियार धारीले आक्रमण गर्दा कम्तीमा सय मानिसले ज्यान गुमाउन बाध्य भएका छन ।

समाचार एजेन्सीले बताए अनुसार, रातको समय घरमा सुतिरहेको समयमा हतियार धारीले घरमा आगो लगाइदिए । ज्यान जोगाउन घर बाहिर निश्केका मानिस माथि अन्धाधुन्ध गोली बर्साइयो ।

सोना कोउबो गाउँमा डोगन जाती माथि हतियार धारीले उक्त हमला गरेको सरकारी अधिकारीले जनाएका छन । डोजो हर्टस नामको जातीय संगठनले उक्त घटना घटाएको प्रहरीले जनाएको छ ।

संयूक्त राष्ट्रसंघको रिपोर्ट अनुसार मालिमा अन्तरजातीय हिंसाको कारण सन २०१९ को जनवरी देखी मे महिना सम्ममा २५० मानिसको मृत्यु भइसकेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank