भारतको नक्सामा नेपाली भूमी, सरकार भने मौन

 चौतफी चर्काे आलोचना

बुधबार, कार्तिक २०, २०७६

- भूपेन्द्र शाह



काठमाडौं । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक परेपछि चौतर्फी आलोचना भएका छ । भारतले विस्तारवादी नीति अपनाउदै नेपालको जमिन हडपेकोमा विभिन्न सरोकारवाला व्यक्तिहरुले चासो र चिन्ता व्यक्त गरेका छन ।

भारत सरकारले गत शनिवार जम्मू-कश्मीर र लद्दाख केन्द्र शासित प्रदेश बनेपछि पहिलोपटक नयाँ नक्सा जारी गरेको थियो । उक्त नक्सामा नेपाली भूमि समेत भारतले आफ्नो नक्सामा समेटेपछि राजनीतिक दल देखी सर्वसाधरणले आक्रोश व्यक्त गरेका छन ।

सत्तारुढ दलकै सांसद तथा पूर्व गृहमन्त्री भीम रावलले भने यो समस्या समाधानका लागि राजनीतिक सहमतिका साथ साझा धारणा प्रस्तुत गर्नु पर्ने जिकिर गरेका छन ।  उनले यसबारे धारणा बनाउन सरकारले तत्काल सर्वदलीय बैठक बोलाउनुपर्छ। हाम्रो भू-भाग मिचिनेगरी कुनै पनि मुलुकले एकतर्फी रूपमा नक्सा कायम गर्ने कुराको नेपाल सरकारले आपत्ति जनाउनुपर्नेमा धारणा व्यक्त गरेका छन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट मार्फत दिल्लीबाट जारी नयाँ नक्साप्रती गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेनसन गर्दैप्रवक्ता शर्माले कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन् । नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर तत्काल गम्भीर पहलकदमी गरोस् भन्दै सुझाएका छन । साथै नेपाली माटोका बारे कहिँबाटपनि उब्जिने प्रश्न आपत्तिजनक र अस्विकार्य रहनेमा उल्लेख गरेका छन । त्यस्तै राप्रपा अध्यक्ष कमल थापाले मंगलबार ट्वीट मार्फत कालापानी,लिपुलेक नेपालको अविभाज्य भूमि भएको उल्लेख गरेका छन । प्रधानमन्त्री ओलीलाई ट्वीट मेन्सन गर्दै भारतले सो भूभाग अनधिकृतरुपमा कब्जा गरेकोमा नेपालले निरन्तर बिरोध गर्दै स्मरण गराए । अध्यक्ष थापाले हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा उक्त भूभाग भारतमा पारेको देखिन्छ।यो आपत्तिजनक र अस्विकार्य रहेने भन्दै तत्काल सशक्त प्रतिवाद गर्न सरकारको ध्यानाकर्षण गरेका छन ।

map1

नेकपाका नेता ठाकुर गैरले पनिले पनि यस घटना प्रति विरोध जनाएका छन । कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपाल हो । ,अतिक्रमण मन्जुर छैन। भारत ले उक्त भुभाग आफ्नो बनाएर नक्सा बनाएको समाचार आइरहेका छ्न। बास्तबिकता के हो ? यस सम्बन्ध नेपाल सरकारले जनतालाइ स्पष्ट पार्नु पर्दछ । साथै कूटनीती माध्यमबाट आफ्नो भुगोल रक्षा गर्न तत्काल पहल गर्नु पर्नेमा नेता गैरले जोड दिएका छन ।  सरकारले यस सम्बन्धमा कुनै आधिकारी धारणा नआउनु दुखद भएको राजनीतिक विश्लेषकहरुले धारणा व्यक्त गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata