प्रस्तावित प्रधानन्यायाधीश मिश्र विरुद्ध चारवटा उजुरी दर्ता

बिहिबार, भदौ २१, २०७५



काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध संसदीय सुनुवाइ समितिमा चार उजुरी दर्ता भएका छन् ।

संसदीय विशेष सुनुवाई समितिले १० दिनको समयसीमा तोकेर उजुरी आह्वान गरेको थियो । उक्त समयसीमा मिश्र विरुद्ध चार वटा उजुरी परेकोसङ्घीय संसद् सचिवालयले जनाएको छ । उजुरी दर्ता गर्ने समय बुधबार सकिएको छ।

सचिवालयले औपचारिक रुपमा उजुरी सार्वजनिक भने गरेको छैन । उजुरी सार्वजनिक गर्न शुक्रबार बिहान बैठक बोलाइएको छ ।

शुक्रबार बिहान बैठक बोलाइएको छ । सोही बैठकले औपचारिक रुपमा उजुरी सार्वजनिक गर्नेछ ।’ यसअघि संवैधानिक परिषदले भदौ ७ गते मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

536 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank