सेनाको हेलिकप्टरमा प्रधानन्याधिश मिश्र परिवारको रारा सयर

शुक्रबार, कार्तिक ३०, २०७५



काठमाडौं । प्रधानन्यायाधीश ओम प्रकाश मिश्र आफ्नो सपरिवार र नातेदार सहित रारा भ्रमणमा निस्केका छन् । शुक्रबार विहान सेनाको हेलिकप्टर मार्फत प्रधानन्याधीश मिश्र जम्बो टोली लिएर रारा भ्रमणमा  निस्केका हुन् ।

सर्वाेच्च अदालतमा आजको इजलास न्यायाधीसलाई पेशी तोकेर उनी भ्रमणमा  निस्केको जनाइएको छ । अदालतमा एकल सहित ९ वटा इजलास तोकिएका छन्। उनको भ्रमणलाई उच्च अदालत सुर्खेत, जुम्ला इजलासको निरिक्षण भनेर जनाइएको छ ।

उनको भ्रमणटोलीमा श्रीमती, भतिज, ज्वाइँ , सहप्रवक्ता नागेन्द्र कालाखेती ,मुख्य रजिष्ट्रार राजन भट्टराई, श्रीमती करुणा भट्टराई कोइराला, रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायकी श्रीमती निजी सचिव खड्ककृष्ण पोखरेल सहित १६ जनाको रहेका छन् । उनी अाजै काठमाडाै‌ फर्कने कार्यक्रम रहेकाे स्राेतले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank