झापामा ओलीले अड्डा जमाएर २४ घण्टामा ७ हजार भन्दा बढी एमालेमा भित्र्याए

सोमवार, कार्तिक २७, २०७४

loading...


काठमाडौ । झापाका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सबैको हाउगुजी बनेका छन् । अरु दलका नेताहरुलाई आफ्ना कार्यकर्ताको रक्षा गर्न नै धौ–धौ परेको छ । केपी ओली अहिले झापामा अड्डा जमाएरै बसेका छन् । हरेक दिन ५–७ ठाउँमा कार्यक्रम गरेर सयौँको संख्यामा अरु दलमा रहेका नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराईराखेका छन् । ओलीका २४ घण्टाभित्रका गतिविधि मात्र हेर्ने हो भने विश्वलाई अत्यास लाग्नेछ । एउटा मानिस यति धेरै सहभागित, सबैको यही प्रश्न आउनेछ ।

हामीले पछिल्ला २४ घण्टालाई ओलीका गतिविधि तस्विरमा उतारेका छौ । यसबाट के देखिन्छ भने, अरु दलहरुको आत्यासपूर्ण अभिव्यक्ति अनुसार नै भन्ने हो भने ओलीले अहिले झापामा अरु दलका कार्यकर्ताहरु सोहोरेरै एमालेमा प्रवेश गराईराखेका छन् । ओलीको प्रतिष्ठा जति बढ्दै छ । एमाले झनै झाँगिदैछ । हामी केही तस्विर प्रस्तुत गर्दै छौ ओलीले केही दिनमा कहाँ कहाँ पार्टी प्रवेश गराई राखेका छन् । यी तस्विर भर्खरै मात्र झापाको चप्रामारीमा विभिन्न पार्टी त्यागेर एमाले प्रवेश गर्नेहरुलाई ओलीले अबिर माला लगाएर स्वागत गर्दै गरेका हुन् ।

झापाको बालुबथानमापनि ओलीले यसैगरी पार्टी प्रवेश गराएका थिए ।

झापा क्षेत्र नं ५ को महारानीझोडा स्थित स्कुलचौरमापनि ओलीले विशेष चुनावी कोणसभाका साथै पार्टी प्रवेश गराएका थिए ।

झापा खजुरगाछि को बजारमा आनन्द साह ले फुटकर (खुल्ला) बजार मा संचालन गरेको चिया पसल मा बजारबीचमा मतदातासँग चिया पिउदै केपी ओली । २०४८ सालको निर्वाचनमा पनि सोही चिया पसल चिया पिएको स्मरण गरे ।

चिया ‘नोस्टाल्जिक’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चुनावी प्रचार अभियानका क्रममा झापाको गौरीगञ्ज– ५ (साविक खजुरगाछी)मा रहेको एक चिया पसलमा जाने इच्छा व्यक्त गरे। त्यो चिया पसलमा भूमिगत कालमा छँदा २०२५ सालदेखि यहाँ आउँदारजाँदा उनले चिया पिउने गरेका रहेछन् । चिया पसल बाहिर राखेको मुढामा बसेर चिया पिए । चिया पिउँदै गर्दा पुरानो स्वादसँग तुलना गर्दै उनले भने, ‘पहिलाको चियाको स्वाद ६० प्रतिशतमात्रै बाँकी रहेछ । परम्परागत सिसाको ग्लासको सट्टा प्लास्टिकका ग्लास आएछन् ।’ चियाको मेसो मिलाउने स्थानीय जयनारायण साहलाई उनले धन्यवाद दिए । जस्ताकाे त्यस्तै पाथीभरान्युज डटकमबाट

1039 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv