एमाले–माओवादी एकता संयोजन समितिको बैठक बिहीबार बस्ने

ओली–प्रचण्ड छलफल

बुधबार, जेष्ठ २, २०७५



काठमाडौँ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय गरेका छन् । बैठक बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको छलफलमा सहमति जुट्न नसकेपछि एकता संयोजन समितिको बैठक बोलाइएको हो । छलफल सकारात्मक भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले नेपालपाटी डटकमलाई जानकारी दिए ।

पार्टी एकताबारे नकारात्मक प्रचार हुन थालेपछि ओली र प्रचण्डबीच बुधबार छलफल भएको हो । यसअघि एमाले नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच मंगलबार छलफल भएको थियो । छलफलमा नेपालले असन्तुष्टिका विषय एकता संयोजन समितिको बैठकमा राख्न सुझाव दिएका थिए ।

225 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank