ओली-प्रचण्ड र माधव एकै मञ्चमा

बिहिबार, फाल्गुन १५, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शिर्ष नेतृत्वहरु एकै मञ्चमा उभिने भएका छन ।  नेपाल कम्युनिष्ट पार्टी बागमति प्रदेश स्तरिय कार्यकर्ता प्रशिक्षण भेलामा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली,पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल लगायतका शिर्ष नेताहरु एक साथ सम्बोधन गर्ने भएका हुन ।

नेकपा भित्र फरक फरक गुटको नेतृत्व गरिरहेका शिर्ष नेताहरु एकै मञ्चमा उभिने भएपछि कार्यकर्ता उत्साहित भएका छन ।
राजधानीको यलम्बर पार्टी प्यालेसमा बिहीबार दिउँसो आयोजित बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुले संयुक्त रुपमा सम्बोधन गर्दै छन्।

बामदेवको विषयलाई लिएर पार्टीभित्र आन्तरिक कलह चर्किएका बेला शीर्ष नेताहरुको उपस्थिति र सम्बोधनलाई महत्वका साथ लिइएको छ। कार्यक्रममा नेकपा अन्य वरिष्ठ नेताहरु पनि सहभागी हुनेछन्।

यसअघि ४ फागुनमा बाँकेमा भएको प्रदेश–५ स्तरीय र ६ फागुनमा सुर्खेतमा भएको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा ओली उपस्थित थिएनन् भने १२ फागुनमा पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्ड सहभागी भएका थिएनन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments