ओली-प्रचण्ड भेटवार्ता निष्कर्ष विहीन

बिहिबार, माघ २, २०७६



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दुई घण्टा लामो भेटवार्ता सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता विना निष्कर्ष टुङ्गिएको हो ।

विगत ५ दिन देखि संवाद विहीन रहेका अध्यक्षद्वको आकस्मिक भेटवार्ता सभामुख चयन, विकास र सहयोगसम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)को विषयमा छलफल भएको स्रोतले जनाएको छ ।  प्रचण्डसँग भेट गर्नु अघि बालुवाटारमा प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल, नेता सुवास नेम्वाङलगायतसँग छलफल गरेका थिए। त्यस्तै प्रचण्ड निवास खुमलटारको छलफलमा गृहमन्त्री रामबहादुर थापा ,जनार्दन शर्मा, अग्नि सापकोटा लगायतका नेता सँग भेटवार्ता गरेका थिए । लामो समय देखि रिक्त रहेको सभामुखका विषय भने अध्यक्षद्वयको आ आफ्नै अडानका कारण कुरा मिल्न नसक्दा भेटवार्ता विना निष्कर्ष टुङ्गिएको जनाइएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments