नेकपा अध्यक्षद्वय ओली- प्रचण्डबीच भेटवार्ता

मङ्लबार, बैशाख २३, २०७७



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा २४ गतेका लागि बोलाइएको स्थायी कमिटीको बैठकबारे साझा धारणा बनाउन छलफल भएको जनाइएको छ । दुई अध्यक्षबीचको छलफलमा स्थायी समितिमा लैजाने प्रस्ताव र आगामी रणनीतिबारे छलफल भएको नेकपा स्रोतले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments